डेढ वर्षभित्र सुकुम्बासी र अव्यवस्थित बसोबासीका समस्या समाधान गर्नेछु: उम्मेद्वार बराल

पाेखरा | कात्तिक २८, २०७९

डेढ वर्षभित्र सुकुम्बासी र अव्यवस्थित बसोबासीका समस्या समाधान गर्नेछु: उम्मेद्वार बराल

 

पोखरा:  नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो  सदस्य एवं कास्की २ मा गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेद्वार​ श्रीनाथ बरालले अबको डेढ वर्षभित्र सुकुम्बासी र अव्यवस्थित बसोबासीका समस्या समाधान गर्ने प्रतिवद्धता जनाएका छन् । सोमबार विहान पोखरा १५मा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । त्यसको सुरुवात अहिले नै भइसकेको भन्दै निर्वाचन लगत्तै समस्या समाधानको काम अगाडि बढ्ने बताए । सिंगो कास्की र पोखरालाई विकासको नयाँ मोडलमा अगाडि बढाउन आफूहरुले चाहेको भन्दै यहाँ रहेका सुकुम्बासी, अव्यवस्थित बसोबासीका समस्याका साथै सहरी बेरोजगारीका समस्या हल गर्न आफूहरु लाग्ने उनको भनाई छ । 


प्रकृतिक सम्पदायुक्त पूर्वाधार बनाइने भन्दै उनले पोखराका तालको संरक्षण, बाटाघाट चाक्ला र फराकिला बनाउने योजना सुनाए । ‘पोखरा आफैमा प्राकृतिक सौन्दर्यताले भरिपूर्ण सहर हो । अझ क्षेत्र नम्बर २ को कुरा गर्दा यहाँको विकासले समग्र कास्कीको विकासको प्रतिनिधित्व गर्छ । यहाँ हुने विकास निर्माण प्रकृति मैत्री हुनुपर्छ । यहाँ रहेका सकुम्बासी समस्या, अव्यवस्थित बसोबासीका समस्या हामी डेढवर्ष भित्र समाधान गर्दै समग्र विकासमा अगाडि बढ्छौं’ उनले भने । 


उम्मेद्वार​ बरालले कृषिमा आधुनिकिकरण गर्नुका साथै बालबालिका र महिला केन्द्रित विकासमा जोड दिने बताए । केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार गठबन्धनको हुँदा विकास निर्माणमा सजिलो हुने उनको भनाई छ । आफूले केन्द्री सांसदको हैसियतले विकास र समृद्धिको अगुवाई गर्ने भन्दै उनले पोखरालाई शैक्षिक हवको रुपमा विकास गर्ने, समाजवाद उन्मुख स्वास्थ्य सेवा प्रवाह गर्ने,पोखरालाई अन्तराष्ट्रिय  शैक्षिक हव बनाउनका लागि कानून निर्माण देखि प्रदेश र स्थानीय तहसंग सहकार्य गर्ने बताए । उनले मौजा अर्मला हुँदै जाने मध्यपहाडी लोकमार्गलाई छिटो बनाउन पहल गर्नुका सार्थै पोखरा बसपार्कलाई इन्ट्रनल बसपार्कको रुपमा विकास गर्ने, लामे आहालको बसपार्कलाई अन्तर्राष्ट्रिय स्तरको प्रादेशिक बसपार्कको रुपमा विकास गर्न स्थानीय तह, गण्डकी सरकार र केन्द्रसरकारसंग सहकार्य गर्ने उनले प्रतिवद्धता जनाए ।

भक्तपुर: नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ ।   सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई आज बिहानै प्रह...

थप पढ्नुहोस्

भक्तपुर: पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले आज बिहान निवासबाटै पक्राउ गरेको छ ।   जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले ...

थप पढ्नुहोस्

काठमाडौं:  नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ ।      राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनियुक्त प्रधानमन्त्री शाहको उपस्थितिमा राष्ट्रपतिको कार्या...

थप पढ्नुहोस्